जोडिनुहोस
  • होमपेज
  • तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी

तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी

काबुल। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवान सरकारले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

आईसीसीका प्रमुख अभियोजकका अनुसार तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका मुख्य न्यायाधीश अब्दुल हकिम हक्कानीविरूद्द यो पक्राउ पुर्जी जारी भएको हो ।

दुई शीर्ष तालिबान अधिकारीहरू विरुद्ध आईसीसीले कारबाही गरेको खबर पछि अफगान महिला र मानव अधिकार अभियानकर्ताहरूले तुरुन्तै स्वागत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

‘यस पक्राउ पुर्जी पछि हामीलाई आशा जागेको छ कि हाम्रो आवाज दबिएको छैन र विश्वले अझै पनि समानता र न्यायको लागि हाम्रो आह्वान सुन्छ भन्ने देखिएको छ,’ एक अफगान कार्यकर्ता जो ग्रामीण अफगानिस्तानका किशोरी लागि घर घरमा आधारभूत साक्षरता कक्षाहरू प्रदान गर्दछ, उनले सिएनएनसँग भनेका छन् । तर, प्रतिशोधको डरले आफ्नो नाम लुकाउन उनले आग्रह गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका