जोडिनुहोस
  • होमपेज
  • नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

काठमाडौं। नेपाल–भारतबीच भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक मिति काठमाडौंमा सम्पन्न भएको छ।

बैठकले नेपालमा आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोगमा अघि बढाइएका भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगतिको विस्तृत समीक्षा गर्याे।

बैठकले सन् २०२१ मा आवास क्षेत्र र सन् २०२४ मा शिक्षा क्षेत्रअन्तर्गत सहमति भएका परियोजना सम्पन्न भएकामा बैठकले प्रशंसा गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भएको प्रगतिमाथि दुवै पक्षले सन्तुष्टि व्यक्त गरे। बैठकमा यी क्षेत्रअन्तर्गतका परियोजना छिटोभन्दा छिटो सम्पन्न गर्न  सहमति जुटेको छ।

सन् २०२३ अक्टोबरमा सम्पन्न पछिल्लो जेपीएमसी बैठकयता, भारत सरकारले शिक्षाको क्षेत्रमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसहित २६ बढी परियोजना, स्वास्थ्य क्षेत्रमा ३२ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ३ वटा परियोजना हस्तान्तरण गरिसकेको छ।

यी परियोजनाको लागत नेरु ३३५.०८ करोड छ। यसका साथै, यो अवधिमा नेरु १७३.४९ करोड बराबर स्वास्थ्य क्षेत्रमा ४३ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ९ वटा परियोजना सम्पन्न भइसकेका भारतीय दूतावासले बताएको छ।

दुवै पक्षले पुनर्निर्माण परियोजनाले ल्याएको सकारात्मक सामाजिक–आर्थिक प्रभाव खासगरी रोजगारी सिर्जना र दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षा सुविधामा भएको विस्तारको सराहना गरे।

बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले ललितपुर महानगर वडा नम्बर ८ को गुइटोलस्थित सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार पुनर्निर्माण परियोजनाको पनि भ्रमण गरे। भ्रमणका क्रममा उनले उपभोक्ता समुदायका सदस्यसँग कुराकानी गरे।

दुवै पक्ष जेपीएमसीको अर्को बैठक उपयुक्त मितिमा आयोजना गर्न सहमत भएको भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ।

माघ १४ मा आयोजित बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले गरेका थिए।

बैठकमा भारत र नेपाल सरकारका अन्य प्रतिनिधि, परामर्शदाता र परियोजना कार्यान्वयनमा संलग्न अन्य सरोकारवाला पनि उपस्थिति थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका