
दार्चुला। महाकाली नगरपालिका–५ किम्तडीस्थित भिरमा सुक्खा पहिरो खसेपछि चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध छ ।
सदरमुकामको नजिकै रहेको सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो । शुक्रबार बिहान सडक चौडा पार्ने क्रममा सुक्खा पहिरो खस्दा कटिङ् गरिरहेको मेसिनसमेत पहिरोमा परेको थियो ।