जोडिनुहोस
  • होमपेज
  • नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो

नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको टिप्पणी गरेका छन् ।

काठमाडौंको कृष्णभोग पार्टी प्यालेसमा शनिबार आयोजित ‘बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रम’ सम्बोधन गर्दै उनले शासन सत्ताको एकल नश्लीय चिन्तन बदल्नु पर्ने बताए ।

शासन सत्ताको एकल नश्लीय चिन्तन बदलेर बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको अध्याक्ष महतोको भनाइ थियो ।

महतोले युवा अब विदेश जाने नभएर देशमै स्वरोजगारमा लाग्नुपर्ने पनि बताए । युवाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष महताले नेपालमा अब ‘कम्युनिज्म’ र ‘क्याप्टलिज्म’को औचित्य नरहेको जिकिर गर्दै सबै स्वदेशवादी विचारधारामा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष महतोले सिवेन्द्र यादव, तालिम अख्तर, आकाश साह, देवेन्द्र न्यौपानेको अगुवाईमा सयौं जनालाई पार्टीमा प्रवेश गराएको नेता केशव झाले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका