काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि, मङ्गलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । मङ्गलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको थियो ।