जोडिनुहोस
  • होमपेज
  • रौतहटको मौलापुरमा मधानी महोत्सव हुने

रौतहटको मौलापुरमा मधानी महोत्सव हुने

रौतहट। रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिका प्रमुख रीनाकुमारी साहले स्पष्ट गरिन् ।

महोत्सवका अवसरमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागितामा मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकुदलगायतका गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले रु ८७ लाख विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले जानकारी दिए ।

नगर प्रमुख साहले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको मौलापुरस्थित महादेव मन्दिर नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका