जोडिनुहोस
  • होमपेज
  • सत्येन्द्रकुमार राम र नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप गरिएको छैनः गृहमन्त्री

सत्येन्द्रकुमार राम र नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप गरिएको छैनः गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका प्रश्नमा बिहीबार जबाफ दिएका गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए।

‘अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील रहेको छ। नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ। म अत्यन्त जादा संवेदनशील छु। म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु,’ उनले भने।

उनले आफू आवद्ध कांग्रेस स्थापनादेखि नै जातीय विभेद र छुवाछुतविरुद्ध रहेको पार्टी भएको बताए।

‘वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थी कालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु,’ उनले भने।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका