जोडिनुहोस
  • होमपेज
  • राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक वहन गरेको बताए ।

उनले आन्तरिक स्थितिलाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको बताए । नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक बनाउनुपर्ने बताए । उनले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘हरेक विषम परिस्थितिहरुमा राज्यका हरेक जिम्मेवारी निष्ठापूर्वक वहन गरेको इतिहास छ । आगामी दिनमा नेपालको संविधान र प्रचलित कानूनको रोहमा नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन होइन, राज्यको उपस्थिति र नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक छ ।’

उनले थप भने, ‘आन्तरिक आदेशको श्रृंखलालाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको झन टड्कारो आवश्यकता हो । नागरिक प्रशासनको आधारभुत मान्यता र न्यायका मान्य सिद्धान्तलाई केबल जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक प्रहरी सेवाको अपेक्षा राख्दछ । राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था हाम्रो आवश्यकता हो । यसले नागरिक हकको प्रत्याभुति निष्पक्ष र स्वच्छ कानून कार्यान्वयन, अपराध अनुसन्धान गर्दै लोकतन्त्रको आधारभुत चरित्रलाई समाजमा स्थापित गर्नेछ ।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताए । -न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका