![चितवनको सेतीदोभान पुलबाट बस खस्दा २९ जना घाइते](https://sagarmatha.tv/wp-content/uploads/2025/02/bus-.png)
काठमाडौं। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान पौने ५ बजेनिर सेती दोभानमा पुलबाट खोल्सामा खसेको हो ।
दुर्घटनामापरि २९ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु ३ प ००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः४५ बजे पुलबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन् । सबैलाई उद्धार गरी चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि पुर्याइएको छ। अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केही सामान्य अवस्थामा छन् ।