![लागु औषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह](https://sagarmatha.tv/wp-content/uploads/2025/02/arj1-1-1024x576.jpg)
कैलाली। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागु औषध दुव्र्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छन् ।
नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागु औषध दुव्र्यसनीविरुद्धको बृहत् पैदल यात्राको शुभारम्भ गर्दै उनले लागु औषधको प्रयोग नगर्न सबैमा आग्रह गरेकी हुन् ।
‘लागु औषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,’ मन्त्री देउवाले भनिन्, ‘सकारात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिउँ, लागु औषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’
लागु औषध दुव्र्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उनले भनिन्, ‘लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।’
मन्त्री देउवाले लागु औषध दुव्र्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताइन् । उनले भनिन्, ‘लागु औषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागु औषध दुव्र्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।’