जोडिनुहोस
  • होमपेज
  • पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किन नैतिकताले दिँदैनः सांसद बस्नेत

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किन नैतिकताले दिँदैनः सांसद बस्नेत

काठमाडौं। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित नहुने बताएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नैतिकताले नदिने बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) को पार्टीको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएकोप्रति लक्षित गर्दै सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यत्ति, पुनः राजनीतिक पार्टीको बैठकमा उपस्थित हुनुले उदेक लाग्ने गरेको बताए ।

उनले भने– ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति हो । आमा बुबाको सपना मेरो छोरा राष्ट्रपति, उपराष्ट्रपति बनोस्, भन्ने हो । यो सपना देख्ने, त्यस्तो उच्च पदमा बसेको व्यक्तिहरु आज पार्टीको बैठकमा जाने, आज पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने । मलाई उदेक लाग्छ, के हो यो अध्यक्ष महोदय ? राजनीति खुला रुपले गरेको हुन्थ्यो, पद कुनैपनि नलिएको भए हुन्थ्यो की । एउटा नैतिकता हुनुपर्छ नि । नैतिक चरित्र नै गुमाएका छाँै ।’

सांसद बस्नेतले कानूनी उपचार गर्दा धम्कीका भाषाहरु सडकमा देखिनु उचित नभएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका