जोडिनुहोस
  • होमपेज
  • केबलकार निर्माण विवादः आन्दोलनरत पक्षसंग मन्त्रीस्तरीय वार्ता हुने

केबलकार निर्माण विवादः आन्दोलनरत पक्षसंग मन्त्रीस्तरीय वार्ता हुने

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने केबलकारको समस्या समाधानका लागि सोमबार मन्त्रीस्तरीय वार्ता हुने भएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईका अनुसार सोमबार साँझ आन्दोलनरत पक्षसंग मन्त्रीस्तरीय छलफल हुने बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधिन पाथिभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसंग सौहाद्रपूर्ण संवाद गरियो । वहाँहरूका कुरा सुने । मेरा कुरा भने । उहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यस्को समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरे । माननीय गृह मन्त्रीज्यूले भोली माघ २८ गते साझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउदछु ।

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसंग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गरिनुपर्ने समेत उनले बताए ।

सरकारले केबलकार निर्माणको विवाद समाधानका लागि आन्दालनरत पक्षसंग वार्ता गर्न भन्दै गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् । तर,वार्ता निष्कर्षमा पुग्न नसकिएपछि मन्त्रीस्तरीय वार्ता हुन लागेको हो ।

पछिल्लो समय पाथीभरामा केबलकार निर्माण बन्द हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ । केबलकार निर्माणको कार्य अघि बढाइएपछि आन्दोलनरत पक्ष पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका