जोडिनुहोस
  • होमपेज
  • विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडी– ४ सिम्थरीमा ६ र वडा नम्बर ९ गोदनीमा ६ वटा आवास निर्माण गरिएका हुन् ।

नगरप्रमुख खडकबहादुर रावतले नवनिर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको बताए ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त आवास गृह निर्माण गरिएका हुन् । सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ ।

घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई रुपैयाँ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका