![रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता](https://sagarmatha.tv/wp-content/uploads/2025/01/rabi7-1024x576.jpg)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उच्च अदालतमा निवेदन दर्ता भएको छ ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछाने लगायतका व्यक्तिहरूलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको हो ।
सभापति लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले त्यस विरुद्ध निवेदन दर्ता गराएको हो ।
उच्च सरकारी वकिल कार्यालयका प्रमुख तथा सहन्यायाधिवक्ता शंकर खत्रीले उच्च अदालत पाटनमा निवेदन दर्ता गरिएको जानकारी दिए ।
‘जिल्ला अदालतको आदेश बदर गरी थुनामै राख्नुपर्ने माग गर्दै सोमबार अदालतमा निवेदन दर्ता भएको छ’, उनले भने ।
सभापति लामिछानेलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका थिए । लामिछानेले सबै अदालतले तोकेको धरौटी रकम तिरेर रिहा भइसकेका छन् ।