जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चद्वारा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चद्वारा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न

काठमाडौं, २८ माघ – वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन प्रक्रियामा देखिएको अनियमितता तथा विधान विपरीत गतिविधिको विरोधमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेको छ।

सोमवार काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा मञ्चका अध्यक्ष धनलाल जैसीले वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन पारदर्शी, निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै, हाल देखिएको प्रक्रियागत समस्या र अन्योल अन्त्य गर्न संघलाई दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन गरिएको बताए। उनका अनुसार वर्तमान कार्यसमितिको कार्यकाल माघ ६ गते नै समाप्त भइसकेको थियो, तर संघको नेतृत्वले विभिन्न बहानामा निर्वाचन स्थगित गरी स्वार्थअनुकूल निर्णय लिने प्रयास गरेको आरोप लागाएको छ।

त्यस्तै मञ्चका अन्य पदाधिकारी तथा सहभागी व्यवसायीहरूले संघमा संस्थागत अनियमितता हुन नदिन कानुनी संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले निष्पक्ष निर्वाचन गराउन ध्यानाकर्षण पत्र बुझाएको तर निर्वाचन तोकिएको समयमा नगरी अन्योल बढाइएको बताए।

कार्यक्रममा सहभागी व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि पारदर्शी प्रणाली आवश्यक रहेको औंल्याउँदै, संघलाई थप दबाब दिने उद्देश्यले आगामी दिनमा चरणबद्ध संघर्ष गर्ने चेतावनी दिए। हस्ताक्षर संकलनपछि मञ्चले संकलित हस्ताक्षरहरू सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका