जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा ८ किलो चरेससहित दुई जना पक्राउ

कञ्चनपुरमा ८ किलो चरेससहित दुई जना पक्राउ

धनगढी। कञ्चनपुरबाट प्रहरीले ८ किलोग्राम चरेस सहित २ जनलाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ९ ब्रहमदेबबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको पाथिभारा गाउँपालिका – २ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकाया रहेका छन् ।

शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम र अमरको साथबाट ४ किलो ५८७ ग्राम गरी ८ किलो ९२६ ग्राम लागू औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरूलाई लागूऔषध दुव्र्यशनी अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका