![रुकुम पूर्वः नाति र हजुरआमाको हत्या गरेर भागेका पुनको भिरबाट लडेर मृत्यु](https://sagarmatha.tv/wp-content/uploads/2024/10/hotel_crime_scene_8dqcU9Y7f0.webp)
काठमाडौं। रूकुम पूर्वमा दुई जना छिमेकीलाई खुकुरी प्रहार गरी भाग्दै गरेका व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । भूमे गाउँपालिका–४ साकिमका ५१ वर्षी चन्द्रसिंह पुनको भिरबाट लडेर मृत्यु भएको हो ।
उनले मंगलबार दिउँसो सोही ठाउँका ६० वर्षीया ढाँटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेलले जानकारी दिए । हजुरआमा र नातिको हत्या गरी पुन भागेको भन्ने सूचना प्राप्त हुनासाथ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
फरार अभियुक्तको खोजी गर्ने क्रममा उनी खुलखुले खोलामा मृत अवस्थामा फेला परेको डिएसपी खरेलको भनाई द्ध । खुलखुले खोलामा मृत अवस्थामा फेला परेका पुनको टाउकोमा धारिलो हतियारको गहिरो चोट देखिएको थियो ।
डिएसपी खरेलका अनुसार पुन प्रहरीबाट बच्न भाग्ने क्रममा भिरबाट लडेका थिए । सोही क्रममा उनको हातमा भएको खुकुरीले उनको टाउकोमा गहिरो चोट पुर्याएको थियो । पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।