जोडिनुहोस
  • होमपेज
  • भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैनः उपेन्द्र यादव

भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैनः उपेन्द्र यादव

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरिसकेको छ ।

जसपाको यो निर्णय भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका थिए ।

बैठकपछि सरकार पक्षका कांग्रेस–एमाले नेताहरूले आफूलाई सम्पर्क नगरेको अध्यक्ष यादवले खबरहबलाई बताएका छन् ।

‘हामीले निर्णय गरिसकेका छौँ । निर्णयपछि सरकार पक्षका नेता तथा प्रधानमन्त्रीसँग कुरा भएको छैन,’ उनले बुधबार खबरहबलाई भने, ‘भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई मेरो सुझाव छ । यो देशको हितमा छैन । उक्त निर्णयपछि सरकारका मान्छेबाट अहिलेसम्म भेटघाट गर्ने खबर आएको छैन ।’

मंगलबार बेलुका संयन्त्रको बैठकमा भूमिसम्बन्धी अध्यादेशको विषयमा कुरा भए पनि के–के भयो सार्वजनिक भएको छैन ।

मंगलबार काठमाडौंमा बसेको जसपा संसदीय दलको बैठकले भूमि अध्यादेश सरकारी जग्गा व्यक्तिलाई बाँड्ने गरी ल्याइएकाले त्यस कुरामा समर्थन गर्न नसकिने निर्णय गरेको थियो । यो राष्ट्रियसभामा यो विध्येक पास गर्न सरकारको बाटो रोकिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका