![झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?](https://sagarmatha.tv/wp-content/uploads/2024/12/Share_nepse_market_aXzVpjR70b-1024x538.jpg)
काठमाडौं। माघ महिनाको अन्तिम शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से १.८६ अंकले बढेको छ । नेप्से ०.०६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा पुगेको हो।
नेप्से झिनो अंकले बढ्दा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर कारोबार भएको छ ।
१३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
यस्तै ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ८५० पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ०.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी फाइनास समूह १.५६ प्रतिशते बढेको छ भने निर्जीवन बीमा ०.४८ प्रतिशतले बढको छ ।