जोडिनुहोस
  • होमपेज
  • तातो पन्यूले विद्यार्थीको गाला डाम्ने प्रिन्सिपलकी छोरी पक्राउ

तातो पन्यूले विद्यार्थीको गाला डाम्ने प्रिन्सिपलकी छोरी पक्राउ

काठमाडौं। तनहुँमा तातो पन्यूले विद्यार्थीको गालामा डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँ भिमाद नगरपालिका–६ शान्तिनगरमा रहेको एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने चार विद्यार्थीको गालामा पन्यूले डाम्ने लेखापाल एवम् शिक्षक ३४ वर्षीया सुस्मा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै चार विद्यार्थीको गालामा तातो पन्यूले डामेकी हुन् । विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् ।

आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमाण्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यू ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी १० वर्ष उमेरका छन् ।

अनुसन्धानका क्रममा उक्त शिक्षकबाट अन्य दुई जनासमेत पीडित भएको खुल्न आएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । श्रेष्ठलाई पक्राउ गरी बालबालिका बिरूद्धको कसुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका