जोडिनुहोस
  • होमपेज
  • विदुर नगरपालिकामा एमाले संस्थापनको प्यानल नै पराजित

विदुर नगरपालिकामा एमाले संस्थापनको प्यानल नै पराजित

काठमाडौं। नुवाकोटको विदुर नगरपालिकामा नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचित भएको छ ।

बुधवार भएको चुनावबाट विदुर नगरपालिकामा एमालेले नयाँ नेतृत्व पाएको हो । विदुर नगरपालिका कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन् । उनले १५८ मत पाए ।

उनका प्रतिस्पर्धी अनुजकुमार श्रेष्ठले १०६ मत मात्रै प्राप्त गरे । अनुज एमाले संस्थापन निकटका उम्मेदवार थिए ।

उपाध्यक्षमा श्यामकृष्ण चालिसे निर्वाचित भएका छन् । उनले १७३ मत प्राप्त गरे भने प्रतिस्पर्धी देवनारायण चित्रकारले ९० मत ल्याए ।

सचिवमा तोयानाथ तिम्सिना निर्वाचित भएका छन् । उनले १४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे ।

खुला उपसचिवमा पूर्णबहादुर कार्की निर्वाचित भए । कार्कीले १३३ मत ल्याउँदा प्रतिस्पर्धी डिल्लीप्रसाद गजुरेलले ११८ मत ल्याए ।

महिला उपचसचिवमा करिना नेपाल निर्वाचित भइन् । उनले १३७ मत ल्याइन् भने प्रत्याशी मुना पुडासैनी न्यौपानेले १०८ मत ल्याइन् ।

लेखा कमिटी अध्यक्ष रामशरण तिम्सिना १२९ मतसहित निर्वाचित हुँदा रामकृष्ण खड्का ११८ मत ल्याएर पराजित भए ।

अधिवेशनमा पार्टी संस्थापन पक्ष पराजित भएको बताइएको छ । निर्वाचित भएका सञ्जीव श्रेष्ठ एमाले केन्द्रीय सदस्य उषा किरण तिम्सेना निकट हुन् ।

पराजित भएका अनुजलाई जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, केन्द्रीय सदस्य केशव पाण्डे र विन्दा ढुङ्गानाले समर्थन गरेका थिए ।

मैनाली, पाण्डे र ढुङ्गाना केन्द्रमा उपमहासचिव विष्णु रिमाल र अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका