ताप्लेजुङ। माघ महिनामा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा ४ हजार २४९ जनाले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । उक्त संख्यामा पुगेका दर्शनार्थीहरूले चढाएको भेटी रकम १० लाख ४० हजार ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा तीर्थयात्रीको गणना गरिन्छ भने संकलित भेटी सदरमुकाम फुङलिङ ल्याएर गणना गर्ने र बैंकमा जम्मा गर्ने गरिन्छ । उक्त रकम मन्दिर आसपासको थप संरचना निर्माणमा प्रयोग हुने गरेको । पाथीभरा क्षेत्रबाट सुन्दर कञ्चनजंघा हिमालको अवलोकन गर्न सकिन्छ भने यो मन्दिर समुद्री सतहबाट ३७ सय ९४ मिटर उचाइमा छ ।