जोडिनुहोस
शुक्रबार, फाल्गुन ९, २०८१
शुक्रबार, फाल्गुन ९, २०८१
  • होमपेज
  • आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल

आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। शिक्षामा गरेको लगानी फाइदा हुनेछ। साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ। परिवारमा बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

वृषः बोलीको प्रभावले राम्रा काम बन्नेछन्। धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ। विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ।

कर्कटः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। परिवारमा रमाइलो घुमघामको योजना तर्जुमा हुनेछ। दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ।

सिंहः शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ।

कन्याः दिन राम्रो छ। व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ। अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ।

तुलाः थोरै लगानी भएपनि शिक्षाबाट फाइदा हुनेछ। विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन्। बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ। परिवारमा केही खटपटी आउनेछ।

वृश्चिकः शिक्षामा गरेको प्रयास सफल हुनेछ। तनाव व्यवस्थापन गर्न नसक्दा समस्या आउनसक्छ। परिवारको साथसहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः स्वास्थ्यले साथ दिने दिन छ। परिवारभित्रको गोपनीयता बाहिर भंग नगर्नुहोला। दाम्पत्य जीवनमा झगडा हुने दिन छ। शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने दिन छ।

मकरः संचित धन खर्च हुनेछ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानी सामान्य रहेको छ। पढाइमा आलश्य बढ्नेछ। पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन्।

कुम्भः सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन्। मध्य साढेसातीको प्रभावले शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ। परिवारको साथ मिल्नेछ।

मीनः धार्मिक कार्यमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ। बोलीमा शनिदेवको प्रभाव भएकाले बोल्नुअघि सोच्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका