जोडिनुहोस
  • होमपेज
  • सहमतिमै अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

सहमतिमै अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने दाबी गरेका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने दाबी गरेका हुन् ।

महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनैतिक दलको सहमति हुने जिकिर गरे । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयहरूलाई छलफल गरेर अघि बढ्ने बताए । त्यस्तै महासचिव पोखरेलले सबै राजनैतिक दलहरूको सहमतिमा नै संविधान संशोधन गरिने स्पष्ट पारे ।

फरक प्रसङ्गमा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिले सम्म राजनैतिक सहभागिता बारे निर्णय नभएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका