जोडिनुहोस
  • होमपेज
  • एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी

नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिएकी छन् । अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र ९आरसी० अधिकारीले पाएका छन् । शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।

गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आएका थिए । तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको निर्देशनमा आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो ।

निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो । माघ ३० गते राष्ट्रिय सभागृहमा उदघाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने पूर्वतालिका रहे पनि आज फागुन ३ गते मात्र नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका