जोडिनुहोस
  • होमपेज
  • सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यकः मन्त्री कँडेल

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यकः मन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताएका छन् ।

वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उनले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गरे ।

‘खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ’, मुख्यमन्त्री कँडेलले भने । खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता छ भने ।

सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options