जोडिनुहोस
शुक्रबार, फाल्गुन ९, २०८१
शुक्रबार, फाल्गुन ९, २०८१
  • होमपेज
  • सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका