जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा

राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पोखरामा भएको बेलुन विस्फोटपछिको आगलागीमा घाइते भइ उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान कीर्तिपुर बर्न अस्पताल पुगेर राष्ट्रपति पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा आगलागी हुँदा जलेर घाइते भएपछि काठमाडौं ल्याएर उपचारका लागि बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका