
सांसद डा. तोसिमा कार्कीको फैसलाको मिति फेरि सरेको छ । उनको पद रहने–नरहने फैसलाको मिति सरेको हो । सर्वोच्च अदालतका अनुसार ललितपुर–३ बाट निर्वाचित सांसद कार्कीविरुद्ध गत पुस २५ मा मुद्दा निसु भएको थियो । तोसिमाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । तर विवाद सर्वोच्च अदालतमा पुगेको छ । त्यो बेला सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनले निर्वाचन लड्न पाएकी थिइन । तर पुरा फैसला भएको छैन ।