देश
मधेस प्रदेशका गृहमन्त्री लेखीले गरे आमसंचार प्राधिकरण र चलचित्रबोर्डको कार्यालयमा अनुगमन

मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले आज जनकपुरधाम स्थित कदमचौकमा रहेको आमसंचार प्राधिकरण र मधेस चलचित्रबोर्डको कार्यालयमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा मन्त्री लेखिसंग मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल र मन्त्रीका राजनितिक सल्लाहकार कुन्दन झा पनि उपस्थित थिए ।
गृहमन्त्री लेखीले अनुगमनको क्रममा कार्यालयहरूको कार्यप्रणाली र प्रगतिको अवलोकन गरेका छन्। यस अनुगमनको उद्देश्य सेवा प्रवाहको स्तर, कर्मचारीहरूको कार्यसम्पादन र आम नागरिकलाई दिने सेवामा सुधार ल्याउने हो ।
गृहमन्त्री लेखीले अनुगमनको क्रममा संस्थाका प्रमुखसँग विभिन्न मुद्दामा छलफल गर्दै कार्यालयको व्यवस्थापनमा सुधारको आवश्यकता भएको कुरा उल्लेख गरे । उनले सरकारले जनतासम्म तदारुक र प्रभावकारी सेवा पुर्याउन आवश्यक कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अनुगमन कार्यकम पछि, गृहमन्त्री लेखीले भने, ‘समाजिक र सांस्कृतिक क्षेत्रमा सुधारका लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ। प्राधिकरण र चलचित्रबोर्डका कार्यहरूलाई अझ प्रभावकारी बनाउने पहल गरिने छ।’ मधेस प्रदेशका विभिन्न कार्यालयहरूको अनुगमनकार्यक्रम आगामी दिनमा पनि जारी रहने गृहमन्त्री लेखीले बताएका छन् ।