
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ट र भाइरल हुन सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका हुन् । बर्तौलाले प्रश्न सोध्दा सांसद साह शोभनीय ढंगले प्रस्तुत नभएको र संसद्को नियमावलीविपरीत प्रश्न सोधको पनि दाबी गरे । यस विषयमा संसद्को आगामी कार्यव्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनले बताएका छन् । बर्तौलाले प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिरपनि गरेका छन् ।