जोडिनुहोस
  • होमपेज
  • सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३का लागि नीति तथा कार्यक्रम आज घोषणा गर्दैछ।

आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। बैठक दिउँसो ३ बजे बस्नेछ।

उक्त नीति तथा कार्यक्रमलाई सत्ता साझेदार दलहरूले अनुमोदन गरिसकेका छन्। अर्थतन्त्रलाई थप चलायमान बनाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रमलाई तयार पारिएको छ।

आज राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म सांसदहरूले छलफल गरेर पारित गर्नेछन्। त्यही आधारमा आगामी जेठ १५ गते सरकारले वार्षिक बजेट ल्याउँछ। त्यसअघि वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14