जोडिनुहोस
  • होमपेज
  • राजावादी मुभमेन्टमा भारतको समर्थन छैन ; भाजपा नेता चौथाइवाले

राजावादी मुभमेन्टमा भारतको समर्थन छैन ; भाजपा नेता चौथाइवाले

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रबार भएको भेटमा डा. चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र वर्तमान व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

माओवादी उपमहासचिव पुनको सचिवालयले भन्यो, ‘भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।’

भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो । ‘दुई पार्टीबीचको सम्बन्ध विगतमा पनि राम्रो छ, आगामी दिनमा अझ सुमधुर बनाएर लैजानुपर्छ भन्ने छलफल भएको छ,’ सचिवालयले बतायो ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनसँगको भेटमा चौथाइवालेले पहलगाममा हालै भएको आतंकी हमलालाई लिएर नेपालका राजनीतिक दलले आतंकवादको विरोध गर्दै भारतको पक्षमा गरेको समर्थन प्रति खुसी व्यक्त गरेका थिए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14