जोडिनुहोस
  • होमपेज
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, राष्ट्रपति पौडेलले संसदमा गरे घोषणा

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, राष्ट्रपति पौडेलले संसदमा गरे घोषणा

काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरिएको छ। संसद् भवन, नयाँ बानेश्वरमा आयोजित औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको प्राथमिकता, लक्ष्य र प्रतिबद्धता स्पष्ट पारे।

राष्ट्रपति पौडेल संसद् भवन पुगेपछि उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले स्वागत गरे। नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

सुशासन र स्थायित्वमा जोड
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले जनतामाझ सरकारप्रति विश्वास बढाउने, परिवर्तन र उपलब्धिप्रति गौरवको भावना विकास गर्ने तथा सुशासनको प्रत्याभूति गर्ने सरकारको अठोट दोहोर्याए।

उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गर्ने, गणतन्त्रविरोधी गतिविधिको प्रतिवाद गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने स्पष्ट संदेश दिए।

विकास नीति स् समीक्षा, प्राथमिकिकरण र खारेजीसम्म
सरकारले विकास निर्माणको क्षेत्रमा विगतमा देखिएका कमजोरी सुधार गर्न नीति परिवर्तन गर्ने र अव्यवहारिक तथा अकार्यान्वयन योग्य योजनालाई पुनः मूल्यांकन गरेर प्राथमिकिकरण गर्ने घोषणा गरेको छ।

त्यस्तै स्रोत सुनिश्चित नभएका योजना स्थगित गरिने र त्रुटिपूर्ण आयोजना खारेज गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा राजनीतिक र नीतिगत स्थिरता सुनिश्चित गर्ने, जनताको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने, र सुधारमुखी शासन प्रणालीलाई संस्थागत गर्ने सरकारको प्रतिबद्धता प्रस्ट पारिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका