
सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने बताएको छ ।
सरकारको तर्फबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा प्रणालीमा आमूल सुधार गरिने बताएका हुन् । उनले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्बन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताए ।
राष्ट्रपतिले पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिने र आन्तरिक रोजगारी सिर्जना गरिने नीति अघि सारिएको जानकारी दिएका छन्। सरकारले आन्तरिक रोजगारीमा वृद्धि गर्ने घोषणा पनि गरेको छ ।





































