
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । उनी संसद् भवन पुग्नुअघि राष्ट्रपति निवास हुँदै नक्साल, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै नयाँ बानेश्वरसम्मको बाटो प्रयोग गरिएको थियो । उनको सवारीमा सडक छेउछाउमा सवारी चलिरहेका थिए ।




































