जोडिनुहोस
  • होमपेज
  • सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि पनि अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई गत शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14