
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले नीति तथा कार्यक्रममा निरस, परम्परागत र गन्तव्यहीन रहेको प्रतिक्रिया दिएका छन् ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले विगतमा नीति स्पष्ट गर्ने गरिए पनि यसपटक नीति तथा कार्यक्रम गन्तव्यविहीन, निरस र परम्परागत देखिएको बताए ।
‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने गरिन्थ्यो । यसपटक त्यस्तो छैन,’ उनले भने ।
नेता पुनले विषयअनुसार स्पष्ट कार्यक्रम राखेपछि संसद्ले अनुमोदन गर्ने र त्यसमा बजेट राख्ने अभ्यास बदल्न खोजिएको उनले बताए ।
‘सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि देखिन्छ,’ उनले भने, ‘संसद्लाई छल्न खोजेको जस्तो देखिन्छ आफूलाई मन लागेअनुसार बजेट बनाउन पनि यस्तो गरिएको हुनसक्छ,’ उनले भने ।





































