जोडिनुहोस

देश

दैलेखमा चितुवा मृत फेला

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख १९, २०८२
दैलेखमा चितुवा मृत फेला

दैलेखमा वयस्क चितुवा मृत फेला परेको छ । दुल्लू नगरपालिका–३ देउटाकुरा बस्तीमा हिजो बिहान चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिनुभयो ।

मरेको कुखुरा समेत त्यहाँ फेला परेकोले कसैले विष हालिदिँदा चितुवा मरेको हुनसक्ने अधिकारीहरूको अनुमान छ । मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको छ । घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताउनुभयो ।

धेरै टिप्पणी गरिएका