
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।