जोडिनुहोस
  • होमपेज
  • भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

अन्तर्राष्ट्रिय

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

टोकियो। जापानमा अपाङ्गता भएका व्यक्तिहरूको शिविर बाहिर भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ। उनलाई अचेत अवस्थामा अस्पताल लगिएको छ । हालैका वर्षहरूमा जापानका आवासीय क्षेत्रहरूमा धेरैभन्दा धेरै जङ्गली भालुहरू देखा परेका छन्, जसको परिणामस्वरूप आक्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको छ।

उत्तरी अकिता क्षेत्रका एक स्थानीय प्रहरी प्रवक्ताले एएफपीसँग भने, “बिहीबार राति अस्पतालको प्रवेशद्वारमा ७३ वर्षीया एक महिला टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी थिइन्।” आपतकालिन चिकित्सकले ती महिलालाई लागेको चोटका आधारमा भालुको आक्रमण भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।

सुरक्षा क्यामेराको फुटेजमा भालुजस्तो देखिने जनावरले फोहोरको झोला बोकेर हिँडिरहेकी ती महिलामाथि आक्रमण गरेको देखिएको उनले बताए । चिकित्सकका अनुसार ‘चोटका कारण उनी बोल्न सकिरहेकी थिइनन् र अस्पताल पुर्याउँदा उनी अचेत थिइन्।’

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को मार्चमा समाप्त भएको वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको थियो जसमा तीन जनाको मृत्यु भएको थियो । अघिल्लो वर्ष २१९ वटा आक्रमणमा छ जनाको मृत्यु भएको थियो ।

भालु बस्तीमा बारम्बार देखिन थालेपछि अकिता क्षेत्रले गत हप्ता भालुको आक्रमणको उच्च जोखिम रहेको भन्दै सेप्टेम्बरसम्म भालुबाट सावधानी अपनाउन चेतावनी दिने निर्णय गरेको थियो ।

“कृपया आधारभूत प्रतिकारात्मक उपायहरू अपनाउनुहोस् र उच्च स्तरको सावधानी अपनाउनुहोस्,” अकिताको प्रशासनले बासिन्दाहरूलाई सार्वजनिक स्तरमा सूचना जारी गरी चेतावनी दिएको छ।

गत महिना गल्फ प्रतियोगिताको क्रममा भालु देखापरेपछि आयोजकले पहिलो दिनको प्रतियोगिता नै रद्द गरेको थियो । गत जुनमहिनामा धावनमार्गमा घुमिरहेको भालुले यामागाटा विमानस्थललाई उडान रद्द गर्न बाध्य बनाएको थियो ।

जलवायु परिवर्तनका कारण खाद्य स्रोत र ‘हाइबरनेसन’को समयलाई प्रभावित गर्नुका साथै वृद्ध उमेर समूहको समाजका कारण हुने जनसङ्ख्या ह्रासका कारण भालुहरू सहरमा पस्न थालेको वैज्ञानिकहरूले बताएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14