जोडिनुहोस
  • होमपेज
  • भारतका राज्यसभा सांसद मिथिलेस कुमार नेपाल भ्रमणमा

भारतका राज्यसभा सांसद मिथिलेस कुमार नेपाल भ्रमणमा

काठमाडौं – भारतका राज्यसभा सांसद मिथिलेस कुमार दुई दिने नेपाल भ्रमणमा शुक्रबार अपराह्न काठमाडौं आइपुग्नुभएको छ ।

सांसद मिथिलेस कुमारको साथमा श्री कृष्ण भरालीसहित छ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सांसद कुमारको टोलीलाई सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, प्रशासन प्रमुख हर्क रावल, प्रमुख प्रशासकीय अधिकृत रञ्जन खड्कालगायतले औपचारिक स्वागत गर्नु भएको थियो ।

नेपाल भ्रमणको क्रममा सांसद कुमार र टोलीले नेपाल–भारत सम्बन्ध सुदृढीकरण, सञ्चार र संस्कृति क्षेत्रको सहकार्यका विविध पक्षमा चासो व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

सांसद कुमार भारतका वरिष्ठ राजनीतिज्ञ मानिनुहुन्छ । उहाँले विगत लामो समयदेखि सामाजिक सेवा तथा कूटनीतिक सम्बन्ध विस्तारमा सक्रिय रहँदै आउनुभएको छ ।

(भिडियो)

 

 

धेरै टिप्पणी गरिएका