
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले कांग्रेस–एमाले मिलेर बनेको सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका हुन् ।
‘हामी सत्तामा छौँ, तर सत्ता बाहिर छौँ । सरकारलाई खबरदारी गर्नु पर्ने आवश्यकता छ,’ नेता कोइरालाले भने, ‘यो सरकार एमालेकरण भइरहेको छ कि भनेर चिन्ता लागेको छ ।’
कोइरालाले कांग्रेस–एमालेले संयन्त्रमार्फत् सरकार सञ्चालन गरेको भन्दै आपत्तिसमेत जनाए । ‘संयन्त्रले सरकार चलाउने दुष्प्रयास भइइरहेको छ,’ उनले भने, ‘लोकतन्त्रमा संयन्त्रले सरकार चलाउने होइन ।’