जोडिनुहोस
  • होमपेज
  • गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली (एनआरएन)का लागि आर्थिक सामाजिक अधिकारसहितको नागरिकतामा आफू प्रतिबद्ध रहेको बताएका छन् । एनआरएनएका अध्यक्ष बद्री केसीको टोलीसँग भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी गर्ने गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले भुपू गोर्खाजको समस्या समाधानका लागि समेत पहल भइरहेको बताएको एनआरएनए अध्यक्ष बद्री कसीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले भने, ‘संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगका लागि यही हिउँदे अधिवेशनमै गैरआवासीय नेपाली ऐन संशोधन गर्ने सरकारको प्रतिबद्धता छ ।’

भुपू गोर्खाजको समान पेन्सन तथा अन्य सुविधाका लागी ब्रिटिश सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि नै गर्न नेपाल सरकार तत्पर रहेको प्रधानमन्त्रीको भनाइ उदृत गर्दै अध्यक्ष केसीले बताए । उनले गैरआवासीय नेपालीको बंशजको नागरिकता कÞायम राख्न नेपाल सरकार सकारात्मक रहेको बताए ।

गैरआवासीय नेपालीको लगानीलाई भित्र्याउन संस्थागत पहलका लागि एनआरएनए अध्यक्षलाई उद्योग वाणिज्य संवाद परिषदको पदेन सदस्य हुने व्यवस्था गरिएको र लगानी बोर्डमा समेत संघको प्रतिनिधित्व गराउनेमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अध्यक्ष केले भने, ‘वैधानिक निर्वाचित समिति नै आधिकारिक हुने र सरकारले बैधानिक निर्वाचित समितिसँगमात्रै सहकार्य गर्ने प्रतिबद्धता प्रधानमन्त्रीज्यूले स्पष्ट पार्नुभएको छ ।’

संघले आगामी १५–१६ मार्चमा थाइल्याण्डमा आयोजना गर्ने दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन १८–१९ मार्चमा कम्बोडियामा हुने एसिया प्यासिफिक सम्मेलन तथा २८–३० मार्चमा माल्टामा हुने युरोपेली सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व रहने उनले बताए

प्रचलन खबर

धेरै टिप्पणी गरिएका