जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा ठगी, एक जना पक्राउ

वैदेशिक रोजगारीमा ठगी, एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका