जोडिनुहोस
  • होमपेज
  • केन्याली धावकले जिते ‘धरान रन’को उपाधि

केन्याली धावकले जिते ‘धरान रन’को उपाधि

धरान- केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।

धावकद्वयलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ ।

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद रु.४० हजार पुरस्कार प्रदान गरिएको छ ।

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद रु.३० हजार प्रदान गरिएको थियो ।

प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका