जोडिनुहोस
  • होमपेज
  • घान्द्रुक पर्यटन महोत्सवः रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि

घान्द्रुक पर्यटन महोत्सवः रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्धारा आयोजित घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको थियो ।

समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँपुल हुँदै घान्द्रुक आउने सडक सहज बन्दै गएकाले यहाँ आउने पर्यटक आउने र फर्किने चिन्ताको विषय भएको बताए ।

‘नयाँपुल हुँदै घान्द्रुक आउने सडक अहिले निर्माणधिन रहेको छ, घान्द्रुक आउने पर्यटकलाई सहज बन्दै छ, घान्द्रुक आउने सडक सहज बन्दै गर्दा यहाँ आउने पर्यटक आउने र फर्कि हाल्न चिन्ताको विषय बनेको छ, सांसद बरालले भने, ‘घान्द्रुक आउने पर्यटकको बसाई लम्बाउन हामीले योजना बनाउन जरुरी छ, घान्द्रुकको परम्परागत मौलिक घर,संस्कृति जोगाउन आवश्यक छ ।’

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुकलाई पर्यटनको हव बनाउन समिति क्रियाशिल रहेको बताए ।

‘घान्द्रुकलाई पर्यटकको हव बनाउन हाम्रो समिति क्रियाशिल रहेको छ, घान्द्रुकको मौलिकता र संस्कृति नै पर्यटकहरुको रोजाई हुन्, अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकबाट देखिने आर्कषक हिमशृङ्खला र चक्रिय पदमार्गको विकास गर्न सके पर्यटकको बसाई लम्बाउन सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौं ।’

रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि
घान्द्रुकमा सम्पन्न भएको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।

घान्द्रुकको मेश्रम बराह माविको भलिबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले अन्नपूर्ण युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जितेको रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले १ लाख २२ हजार २ सय २२ र उपविजेता भएको अन्नपूर्ण युथ क्लबले र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै भेन्ट्रान्सतर्फ किङ्स क्लब अफ पोखराले अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ । उपाधि जितेको किङ्स क्लबले नगद ३० हजार र उपविजेता भएको अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

गण्डकी प्रदेशलाई बास्केटबलको उपाधि
यस्तै घान्द्रुक पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले अन्नपूर्ण युथ क्लब किम्चेलाई ६६–५२ ले पराजित गदै उपाधि जितेको हो ।

उपाधि जितेको गण्डकी प्रदेशले १ लाख २२ हजार २ सय २२ र उपविजेता भएको अन्नपूर्ण युथ क्लबले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भएका थिए ।

उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका