जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसतै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

धेरै टिप्पणी गरिएका