जोडिनुहोस
  • होमपेज
  • लमजुङमा ३.१ म्याग्निच्युडको भूकम्प

लमजुङमा ३.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार (फागुन १२) बिहान ९ बजेर ११ मिनेटमा ३.१ म्याग्निच्युडको सानो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

लमजुङको घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । “यो सानो धक्का हो, खासै मानिसलाई अनुभव हुँदैन,” उनले भने, “यो असर गर्ने खालको भूकम्प होइन ।”

केन्द्रले विशेष गरी चार म्याग्निच्युडदेखि माथिका भूकम्प/परकम्पबारे भाइबर, वेबसाइटमार्फत जानकारी गराउँदै आएको छ । कहिलेकाहीँ त्योभन्दा केही साना भूकम्प/परकम्पबारे पनि जानकारी गराउने गरेको छ ।

धेरै टिप्पणी गरिएका