जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने प्रयास स्थगित

दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने प्रयास स्थगित

काठमाडौं। दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका अनुसन्धानकर्ताहरूले आजका लागि पक्राउ प्रयास स्थगित गरेका छन् ।

युनको घरबाहिर रहेका सुरक्षा टोलीले अवरोध गरेपछि ६ घण्टासम्मको प्रयास स्थगित भएको हो । केही दिनदेखि राष्ट्रपति निवास अगाडि युनका समर्थकहरू बसेर नाराजुलुस गरिरहेका छन् ।

गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ’मार्शल ल’ को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

युनलाई पक्राउ गर्न राष्ट्रपति निवासमा पुगेका अनुसन्धान अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकेको बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताले पक्राउ पुर्जीको म्याद जनवरी ६ भित्र युनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छन् ।

पक्राउ गर्ने प्रयास भइरहँदा दक्षिण कोरियामा राजनीतिक सङ्कट झन्–झन् गहिरिँदै गएको खबरमा उल्लेख छ । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्ताहरूलाई निकै गाह्रो भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options